

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन् भने कोरोनाको कारण १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ जनामा परीक्षण गर्दा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।
हालदेशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुगेको छ ।





Write your Comment