नेप्सेमा दोहोरो अंककाे सुधार, दुई अर्ब १२ करोड रुपैयाँको कारोबार

रातोघर

 २०७८ चैत्र २४, बिहिबार  मा प्रकाशित
५७९ पाठक संख्या


कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजार उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ३५ दशमलव ६६ अंकले बढेर २ हजार ४ सय ६४ दशमलव ३१ बिन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ । बुधबार २३ अंकले घटेको नेप्सेमा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार नेप्सेमा कुल २ सय २४ कम्पनीका ४२ हजार कारोबारबाट ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट २ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लाग्दा समग्र बजारमा सुधार देखिएको हो । बैंकिङ्गको १८, व्यापारको ५९, विकास बैंकको ७०, फाइनान्स २५, होटल तथा पर्यटन ३५, जलविद्युत ३०, जीवन बीमा २ सय ५८, उत्पादन तथा प्रशोधनको ४७, लघुवित्त ६३, निर्जीवन बीमा १ सय ९ र अन्य उपसमूहको परिसूचक ६८ अंकले बढेको छ ।

कारोबारको अन्तिम दिन बिहीबार हिमालय पावर पार्टनर र नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा भने नबिल बैंक शीर्ष स्थानमा रहृयो । सो बैंकको सबै भन्दा बढी ७३ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban