काठमाडौं । निर्वाचनको माहोल सुरु भएपछि चिया पसलदेखि स्वतन्त्र भनिएका मतदातासम्मको साझा तर रमाइलो जोक्स हुन्छ-दलहरूले नेपालको जनसंख्याभन्दा धेरैलाई पार्टी नै प्रवेश गराइसके। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलका शीर्ष नेताहरू निर्वाचनलाई केन्द्रमा राखेर धमाधम पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली यो मामलामा सबैभन्दा अघि छन् । उनले पूर्वमन्त्री, बहालवाला सांसद, जनप्रतिनिधि हुँदै राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारसम्मलाई पार्टीमा भित्र्याइसकेका छन् । ओलीलाई पछ्याउँदै कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेतासमेत पार्टी प्रवेशको कार्यक्रममा व्यस्त छन् । तर, नेताहरूले टीका लगाएर पार्टीमा प्रवेश गराएका केही व्यक्तिहरूको पार्टी छाड्ने र फिर्ता हुने क्रमले भने दलहरूका पार्टी प्रवेश कार्यक्रमलाई नै गिज्याउने गरेका छन् । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हुन् पित्तबहादुर डल्लाकोटी । माओवादी केन्द्रबाट अध्यक्ष जितेका पित्तबहादुरले गत सोमबार एमाले अध्यक्ष ओली निवास बालकोटमै पुगेर माओवादी छाडेको घोषणा गरे। ओलीले उनलाई अबीर र खादा लगाएर एमाले बनाए । त्यो दिन उनीसँगै धेरै जनालाई ओलीले टीका लगाए । तर, भोलिपल्टै पित्तबहादुरको मन माओवादी केन्द्रतिरै फर्कियो ।
उनले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘आवेशमा आएर पार्टी छाडेँ, अब यस्तो गल्ती हुँदैन, माफी पाऊँ ।’ विज्ञप्तिले नपुगेर बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमै पुगेर उनले आत्माओचना गरे, प्रचण्डसँग माफी मागे र आइन्दा गल्ती नहुने भन्दै फर्किए । उनको यस हर्कतबाट ओली मात्र होइन, पालिकाका मतदाता र उनी आवद्ध पार्टी कमिटी पनि हेरेको हे¥यै भयो । उनका कार्यकर्तासमेत रहेका एक मतदाता भने द नेपालटपको जिज्ञासामा भन्छन्, ‘एमालेलाई एक फन्को मारेर खुमलटार पुगेपछि अब फेरि पित्तजीले पालिका अध्यक्षमा टिकट कन्फर्म गरे ।’ फागुनबाट सुरु भएको दलबदलको क्रम जारी छ। तर, पित्तबहादुरले जस्तै ‘लाज नै लजाउने’ गरी पार्टी अदलबदलको अर्को दृश्य गत १ र ३ चैतमा देखिएको थियो।
प्युठान नगरपालिकाका गोविन्द थापा, भरत नेपालीलगायत ६७ जना युवा एमालेमा प्रवेश गरे । एमाले प्युठानका इन्चार्ज सूर्य थापालगायतले सामाजिक सञ्जालमा युवा जमात एमालेमा समाहित भएका भन्दै लेखे । तर, प्रवेश गरेका भनिएका युवाले ५ चैतमा होलीमा अबीर मात्र लगाएको, पार्टी प्रवेश नगरेको भन्दै संयुक्त विज्ञप्ति नै जारी गरे । उनीहरू यतिमा रोकिएनन्, स्वतन्त्र बसेका युवालाई एमालेले जबर्जस्ती गरेको भन्दै कांग्रेस प्रवेश गरेको स्वघोषणा गरे । विश्वास नलागेर हुन सक्छ, प्युठान कांग्रेसदेखि कांग्रेसका केन्द्रीय तहका नेताहरूले समेत ती युवालाई कांग्रेसमा प्रवेश गराउने औपचारिक कार्यक्रम भने राख्न सकेका छैनन् ।
यस प्रकरणको १८ दिनपछि बुधबार एमाले प्युठानका इन्चार्ज सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे । स्टाटसमा राष्ट्रिय जनमोर्चा प्युठानका एक जना नेता एमालेमा प्रवेश गरेको तर नाम र ठेगाना हाल सार्वजनिक नगर्ने नीति तय गरिएको उनले उल्लेख गरेका छन् । ५ चैतको पार्टी प्रवेश र फिर्ता प्रकरणबाट त्रसित थापा ती व्यक्ति पुनः पुरानै घरमा फर्किने डरले तिनको नाम लुकाउन बाध्य भएका हुन् । गत १ चैतमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० का माओवादी केन्द्र आवद्ध केही युवाले कुलो समिति बनाउन भन्दै ढाँटेर एमालेमा प्रवेश गराएको भन्दै विज्ञप्ति निकाले। विज्ञप्तिमा उनीहरूले एमालेले फकाएर सोझा व्यक्तिलाई फसाएको उल्लेख गरेका छन् । यो विज्ञप्ति जारी गर्नुपर्ने घटना भने २६ फागुनमा एमालेको पार्टी प्रवेश कार्यक्रम थियो ।
सो दिन एमालेले सीताराम चौधरी, दशीराम चौधरी, निमबहादुर चौधरी, जीतराम चौधरीलगायतका माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेश गरेको बताएको थियो । एमाले जिल्ला कमिटीले सार्वजनिक गरेको प्रवेशको सूचीमा पनि यी व्यक्तिको नाम छ । तर, प्रवेशको ४ दिनपछि विज्ञप्ति जारी गरेर कुलोको बैठक भन्दै ढाँटेर एमाले बनाएको आरोप लगाए। पार्टी प्रवेशको रमाइलो प्युठानमा सीमित छैन । गत १७ फागुनमा दोलखाको कालिञ्चोक गाउँपालिकाका भीमसेन आचार्य एमालेमा प्रवेश गरे। उनी माओवादी निकट वाईसीएलका गाउँ कमिटी अध्यक्ष हुन् । एमालेका स्थानीय नेताहरूले सो दिन गाउँबाट अब माओवादी सकियो भनेर भाषण पनि गरे। तर, आचार्यले एमालेलाई ‘चक्मा दिँदै’ भोलिपल्टै विज्ञप्ति निकालेर भने, ‘म एमालेमा प्रवेश गरेको छैन, माओवादी केन्द्रमै प्रतिबद्ध छु।’
उनको यो स्वघोषणामा एमालेको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आफूलाई गाँजा, भाङ र धतुरो खुवाएर बेहोस बनाएर एमालेमा प्रवेश गरेको भन्दै माला लगाएको आरोप छ । आचार्य एमाले पुगेर माओवादी केन्द्रमै त फर्किए तर न एमालेले भाङ खुवाएको होइन भन्यो, न त माओवादीले उनलाई त्यसयता किन एमालेमा गएको भनेर नै सोध्यो। आचार्यलाई यतिबेला गाउँमा पार्टी राजनीति गर्न भ्याई नभ्याई छ। आचार्यले सायद डोटीका एक जना जनप्रतिनिधिबाट सिकेर गाँजा खुवाएको भनेका हुन सक्छन्। किनकि गत ७ फागुनमा डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रणबहादुर नेपालीले एमालेले रक्सी खुवाएर आफूलाई एमाले बनाएको भन्दै विज्ञप्ति जारी गरेका थिए। उनले विज्ञप्ति जारी गरेको अघिल्लो दिन एमालेले उनलाई माला लगाएर पार्टीमा स्वागत गरेको थियो।
। निर्वाचनको माहोल सुरु भएपछि चिया पसलदेखि स्वतन्त्र भनिएका मतदातासम्मको साझा तर रमाइलो जोक्स हुन्छ-दलहरूले नेपालको जनसंख्याभन्दा धेरैलाई पार्टी नै प्रवेश गराइसके। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलका शीर्ष नेताहरू निर्वाचनलाई केन्द्रमा राखेर धमाधम पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन् ।

Write your Comment