माधव नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्

रातोघर

 २०७८ चैत्र २५, शुक्रबार  मा प्रकाशित
२८४ पाठक संख्या


२५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिँदै २३ सिट पाउने हुती नभएको बताए ।

आफूले दिएको सिट दुरुपयोग गरेको भन्दै ओलीले भने, ‘माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सिट ल्याएर देखाउन त ?’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban