सशस्त्रका नवनियुक्त आईजीपीले देखाए सक्रियता : रोकिएको बढुवा प्रक्रिया अघि बढ्यो

रातोघर

 २०७९ बैशाख १, बिहिबार  मा प्रकाशित
६२४ पाठक संख्या


बैशाख१,काठमाण्डौ/ सशस्त्र प्रहरी बलमा एआईजी बढुवाको प्रक्रिया अघि बढेको छ । सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले लामो समयदेखी रिक्त रहेको एआईजीको दरबन्दीमा बढुवाको प्रक्रिया बुधवारनैं अघि बढाएका हुन् । बढुवाको लागि तीन दिनको समय दिइएको छ ।

सशस्त्र प्रहरीमा वरियतामा एक नम्बरमा रहेका डीआईजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने तयारी छ । डिआईजी अर्याल सशस्त्रमा व्यवसायीक र कार्यसम्पादन समेत राम्रो भएका अधिकारी मानिन्छन् । डिआईजी अर्याल तत्कालिन प्रदेश नं.२ हालको मधेश प्रदेशको सशस्त्र प्रमुखको जिम्मेवारीमा रहदाँ राजस्व चुवाट नियन्त्रण देखि सिमा सुरक्षामा समेत उनको विशेष योगदान रहेको छ ।

कोभिडको महामारीको चपेडामा परेको समयमा नाका नियन्त्रण गर्न निकै चुनौती रहेको थियो । डिआईजी अर्यालले सहज रुपमा नेपालीलाई सुरक्षित घर पुराउने काम समेत गरेका थिए । स्वच्छ छविका अर्याल प्रदेश २ मा रहदाँ कुनैपनी विवादमा परेनन् । संगठनमा उनको कार्यकालको चर्चा हुने गरेको छ । एआईजीका लागि डीआईजीहरु नारायणदत्त पौडेल र सीपी गौतम समेत प्रतिस्पर्धामा छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकास पाएपछी सरकारले केसीलाई बुधवार महानिरीक्षमा नियुक्त गरेको थियो । केसीपछी अर्याल सशस्त्रको महानिरीक्षक बन्ने लाइनमा छन् । सशस्त्रमा यसअघि दरबन्दी रिक्त हुंदा समेत बढुवा प्रक्रिया रोकिएको भएपनी केसीले जिम्मेवारी पाउने वित्तिकै त्यसै दिन रिक्त दरबन्दीमा बढुवा प्रक्रिया अघि बढेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban