भक्तपुरमा बिस्केट जात्राको रथले चेपिएर एक जनाको मृत्यु

रातोघर

 २०७९ बैशाख ५, सोमबार  मा प्रकाशित
३७३ पाठक संख्या


५ वैशाख, काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु भएको छ ।

बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने पाँच बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका-५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले चेपेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban