

बैशाख१५,जीतपुर/ बाराको जीतपुरमा नविल बैंक लि.ले आफ्नो १ सय २९ औं शाखा सञ्चालनमा ल्याएको छ । बिहिवार एक कार्यक्रमका बिच प्रमुख अतिथी नेपाल राष्ट्र बैंक बिरगंजका निर्देशक राजन देव भट्टराईले पानसमा दियो बाल्नुका साथै कार्यालयको मुलद्वारको रिवन काटेर जीतपुर शाखाको समुद्घाटन गरेका थिए ।
नबिल बैंक लि.का ब्यवस्थापक कमिटीका सदस्य तथा बैंकका प्रमुख सञ्चालन अधिकृत गणेश प्रसाद अवस्थिको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अवस्थिले नबिल बैंकको सेवाग्राहीले सबै प्रकारका बैंकिङ्ग कारोवार घरमा बसेर मोवाइलबाट गर्न सकिने बताए ।
नेपालमैं नबिल बैंकले बैंकिङ्ग कारोवारलाई डिजिटलाइट गराउने मध्येको पहिलो बैंक भएको अवस्थिले बताए । नबिल बैंकको सेवाग्राहीले घरमैं बसेर मोवाईल बाट सबै प्रकारको काम गर्न सक्ने भएकोले अब बैंक धाउने बाध्यकारी अवस्था नरहेको अवस्थिले जानकारी दिए ।
खाता खोल्न होस् या बैंक ग्यारेन्टी बनाउने,एलसी खोल्ने,पैसा ट्रान्सफर गर्ने लगायतका बैंकबाट हुने सबै काम अनलाइन बाट गर्न सकिने अवस्थिले बताए । जीतपुर शाखाका प्रबन्धक सुमित टिबे्रवालले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको सञ्चालन पावरहाउस शाखा बिरगंजकी नम्रता प्रधानले गरेकी थिईन् ।
सुभकामना मन्तब्य राख्ने क्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको अध्यक्ष संजय साहले बैंकहरुले बढाएको चर्को ब्याजका कारण ब्यवसायिहरु मर्कामा परेको बताए । उनले बैंकहरुले कृषि जन्य उत्पादनमा लगानी नगर्दिएको कारण निर्यातमा बृद्धि भएको बताए ।
कार्यक्रममा विद्युत प्राधिकरण सिमराका प्रमुख रामु कुमार श्रेष्ठ,नेबिल बैंक लि. मधेश प्रदेशका प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ,नबिल बैंक लि.का मधेश प्रदेश अन्तरगत गढीमाई कल्सटरका सल्सटर हेड नितिन नन्दवाना,उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लगाएत बिभिन्न क्षेत्रबाट ब्यवसायी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
जीतपुर सहित नेपालभर नबिल बैंक लि.को १ सय ४८ वटा शाखा छन् भने १ सय ८७ वटा एटिएम रहेको छ । जस मध्ये मधेश प्रदेशमा १५ वटा शाखा रहेको छ ।






Write your Comment