

सिमरा, २१ वैशाख ।
जीतपुरसिमरा उपमहानगरमा नेकपा एमालेको पाँच वर्षे कार्यकालपछी नेतृत्व फेर्न आवश्यक रहेको भन्दै पाँच दलिय साझा गठबन्धनको एकतामा बुधबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
पाँच बर्षे कार्यकालमा बिभिन्न आरोप खेपेको उपमहानगरमा बलियो शक्तिका रुपमा दाबी गरिरहेको नेकपा एमालेको नेतृत्वलाई आसन्न स्थानिय तहको निर्वाचनले बिदा दिने साझा गठबन्धनको तयारी छ ।
गठबन्धनमा साझेदार बनेका पाँच दलले मेयरमा माओबादी र उपमेयरमा काँग्रेसलाई स्विकार गरी केही वडा तहमा पनी साझा उम्मेदवार अगाडी सारेको छभने केहीमा आ आफ्ना उम्मेदवार बिच मित्रवत प्रतिस्पर्धा हुने भएको बताईएको छ ।
साझा गठबन्धन नेकपा माओबादीको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेल र काँग्रेसबाट उप–प्रमुखकी उम्मेदवार मेघा शाहीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
पाँच दलकै प्रतिनिधिको उपस्थितीमा सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साझा गठबन्धनले बुधबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नेकपा एमालेसंग फराकिलो मत अन्तरले बिजय हाँसिल गरिने दाबी गर्यो ।
प्रतिवद्धता सार्वजनिक गर्दै मेयर उम्मेदवार राजन पौडेलले नगरको सबै क्षेत्रमा कायापलट हुनेगरी परिवर्तन आवश्यक रहेको भन्दै नेकपा एमालेको नेतृत्व रहेको उपमहानगरलाई सेवा ग्राहीमुखी बनाउन निकै कसरत् गनुपर्ने धारण राखे ।
‘भद्रगोल छ, जगदेखी नै सुधानुपर्ने अवस्था छ’ उनले भने, ‘हामीले घोषणा गर्ने भन्दापनी काम गरेर देखाउनु छ, जनताले एक पटक बिस्वास मात्रै गरुन् ।’
यसैगरी स्नातकोत्तर तह उतीर्ण गरेकी तथा कानुनकी बिद्यार्थी समेत रहेकी उप मेयर उम्मेदवार मेघा साहीले उपमहानगरको न्याय प्रणालीलाई देशकै नमुना न्याय सम्पादनका रुपमा हेरिने गरी काम गर्न सक्ने क्षमता आफुमा भएको दाबी गरिन् ।
प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा सस्कृती, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सुचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, खानेपानी तथा सरसफाई, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, गरिव तथा भुमिहिन व्यवस्थापन, सहकारी तथा संघ–संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई बिशेष जोड दिईएको छ ।
प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दरबहादुर बिश्वकर्मा, नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरु, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।
नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राजु अधिकारीले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले स्वागत गरेका थिए ।






Write your Comment