

सिमरा, २२ वैशाख ।
जीतपुरसिमरा उपमहानगर बडा नम्बर ७ का बडाअध्यक्षका उम्मेदबार सुनिल गुप्ताले आर्थिक नगरी जितपुरमा संचालित ऐतिहासिक भैसी बजारलाई निर्बाचीत भए लगतै ब्यबस्थापन गर्ने प्रण गरेका छन ।
ब्याबसायीक नगरी जितपुरमा भैसी बजार ब्यबस्थापन गर्न नसक्दा बजारको सौन्दर्य फोहर बनेकोले मुख्य बजारबाट सार्ने योजना गुप्ताले अघि सारेको हो ।
उनले इतिहास बोकेको जितपुरको भैसी बजार आफैमा नगरको पहिचान भएकोले यसको सुन्दर ब्यबस्थापन गर्न पटक पटक बडामा आफुले आग्रह गरे पनि बेबास्था गरेपछि आफनो घोषण पत्रमा लेखेरै बडा बासी समक्ष सार्बजानीक गर्नु परेको बताए ।
सातामा दुई दिन लाग्ने जितपुरको भैसी बजार ब्यबस्थित हुनुपर्ने उधोगी ब्याबसायीको माग यस अघिका जनप्रतिनीधले नसुनेको हुदा आफुलाई मतदान गरी बिजयी बनाए लगतै काम थाल्ने गुप्ताले बताए ।
दुई दशक अघि भैसी ब्यापार थालेका उसमानले जितपुरको भैसी बजारमा नगरले कर लिने तर राम्रो शौचालय, घामपानीबाट जोगिन ट्रष्ट, पिउने पानी, बिश्राम घर र लोडिङ्ग यार्ड अतिआबश्यक रहे पनि निर्माणमा पहल नभएको बताए ।
बडाकै खाली रहेको सार्बजानीक जग्गामा ब्यबस्थीत नमुना भैसी बजार केन्द्र बनाउने अघिल्लो निर्बाचनमा बाचा गरेपनि आफु पराजीत भएकोले काम हुन नसकेको बताउदै गुप्ताले यस पटक बडा बासीले मतदान गरी जनपक्षिय काम गर्न निर्बाचित गराउनेमा आफु ढुक्क रहेकोले बिकाश आफनो पहिलो एजेण्डा भएको बताए ।
लाखौको कारोबार हुने भैसी बजारमा सयौले रोजगारी पाएको छ । बितिय कारोबार ब्यापक हुने भैसी बजारमा देशका बिभिन्न स्थानबाट भैसी खरीद गर्ने र बिक्री गर्ने को घुईचो लाग्ने गरेको छ ।
शताब्दी अघि बस्तुको बिनिमयमा आधारित जितपुरमा पशुपालनको ब्यापार सुरु भएको हो । प्रकास लम्साल





Write your Comment