जीतपुरसिमरा ४ : वामपन्थीको किल्लामा काँग्रेसको जनलहर, बिनोद सापकोटाले जित्ने चर्चा

रातोघर

 २०७९ बैशाख २३, शुक्रबार  मा प्रकाशित
१४६३ पाठक संख्या


सिमरा २३ बैशाख ।

बामपंन्थिहरुको पकड क्षेत्र मानिएको जितपुरसिमरा ४ औराहमा काग्रेसको उम्मेद्वारीले चुनाबी माहौल तातेको छ । माओबादी र एमालेको बर्चस्व रहेको उक्त वडामा कांग्रेसले बिनोद सापकोटालाई बडाअध्यक्षको उम्मेदबारमा सारेपछि चुनावी रौनक बढेको हो । उनलाई पार्टीभन्दा माथी राखेर जनताले मुल्याँकन गर्ने कतिपयको बुझाई छ । यस अघि बडा अध्यक्षको पदमा माओबादी र एमाले बिच कडा प्रतिस्पर्धा हुदा माओबादीले जीत हात पारेको थियो ।

सामाजिक अभियन्ताको रुपमा आफुलाई समाजसंग नजिक बनाएका काग्रेस उम्मेद्वार सापकोटाले घरदैलोमा जनमत बनाउदै गएपछि बामपन्थी दल सकस्मा परेको हो ।

अर्को वामपन्थी दल एकिकृत समाजवादीले समेत उम्मेदबार खडा गरेपछि वडाको वाम जनमत बाँडिने भएको छ । जसको प्रत्यक्ष फाईदा काँग्रेसलाई हुनेछ । सापकोटाले वामपन्थि मत समेत प्रभाबमा पार्दै आफनो पक्षमा ल्याउन गरेको प्रयासले प्रतिद्धन्दी दल एमाले र माओबादीलाई चुनौती थपिएको छ ।

बिनोदले काम पक्का गर्छ, बोलेको कुरा पूरा गर्छ, भ्रष्टाचार गर्दैन भन्ने वडावासीले आफुलाई विश्वास गरेकोमा ढुक्क बनेको सापकोटाको धारणा छ । सापकोटा स्वयमले पनी पाँच वर्षसम्म दिनको १४ घण्टाको दरले वडाको सेवा र विकासमा लाग्ने भन्दै प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

उता एक कार्यकालपछी अधुरा काम पुरा गर्न फेरी उम्मेद्वार बनेका नेकपा माओबादी तर्फका भोज बहादुर खत्री पनी घरदैलोमा ब्यस्त छन् । उनले पनी आफ्नो जीतलाई सहज अनुमान गरिरहेका छन् । आफ्नो कार्यकालमा सफलताका साथ वडाको विकासमा अग्रसर भएको उनको दाबी छ ।

यस्तै नेकपा एमालेले पनी यो पटक वडा नम्बर ४ मा जसैगरी जीत निकाल्ने दाउमा छ । एमालेबाट अध्यक्षमा उम्मेद्वार बनेका भागवत चौधरी पनी वडाको प्रतिष्ठित अनुहार हुन् ।

 

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban