

सिमरा २४ बैशाख, जितपुर सिमरा २ का वडा अध्यक्ष प्रत्यासी धन बहादुर श्रेष्ठ नया मतदाताको पहिलो रोजाईमा परेका छन ।अघिल्लो पटक एमाले बाट बडा सदस्यमा निर्बाचित श्रेष्ठ जनताको प्रतिनीधले गर्नुपर्ने जिम्मेबारी कुशलता पुर्बक प्रर्दशन गरेको चर्चा संगै नया मतदाताको पहिलो रोजाईमा देखीएका छ्न ।
वडाका नया मतदाताहरुले उत्साहीत हुदै पहिलो पटक योग्य उम्मेदबार चुन्ने क्रममा धन बहादुर पहिलो रोजाईमा परेको बताएका छन ।पार्टीका नेता भन्दा स्थानीयको माग र दबाब ब्यापक बने पछि श्रेष्ठलाई चुनाब जित्ने आधार बुझेर एमालेले बडाअध्यक्षमा एकल सिफारीस गरेको हो ।
“पाच बर्षमा” जस्तो आपत बिपतमा पनि टुप्लुक्क आई पुग्ने नेता भनेकै धन बाबु नै हो ‘’ नरबस्तिका ७६ बर्षिय बेद प्रसाद अधिकारीले भने – बुढाबुढि मान्छेलाई माया गर्ने, आदर सत्कार गर्ने, हालखबर सोध्ने र हामीले हप्काउन पनि सकिने धन बहादुरलाई नै भोट दिन्छौ ।
गलतलाई गलत भन्दै खरो प्रतिबाद गर्ने नरम स्वभावका श्रेष्ठले वडाबासीले मत दिएर वडा अध्यक्षमा बिजयी बनाउदै गर्दा स्थानीय संगै सधै जोडिने प्रतीबद्धता ब्यक्त गरेका छन ।
थपिएका नया युबा पुस्ताका मतदाताको समेत रोजाईमा पर्न सफल श्रेष्ठ एमालेको बलियो उम्मेदवार हुन् ।
सोही वडामा पुन अध्यक्षमा उम्मेदवार बनेका माओबादीका तिलक श्रेष्ठ र काग्रेसका बिजय बोम्जनले मतदातालाई आफु बिजयी बनाउन अभियान तिब्र बनाएका छ्न् ।





Write your Comment