महिला हितमा मेरो अभियान – बिनिता रेग्मी

रातोघर

 २०७९ बैशाख २६, सोमबार  मा प्रकाशित
८५७ पाठक संख्या


सिमरा २६ बैशाख, महिला माथी हुने बिभेद लगाएतका समस्या अब बडामै सामाधन गर्ने जितपुर सिमरा ३ माओबादी बाट महिला सदस्यका प्रत्यासी बिनीता रेग्मीले बताएकी छिन ।
ससना कुरामा अब वडाका महिलाहरु प्रहरी चौकी जाने अबस्थाको अन्त्य गर्न आफुले महिला सदस्यमै उम्मेदबारी दिएको रेग्मीले बताएकी हुन ।

उनले अघिल्लो पटक बठामा जिम्मेबारी सदस्य मात्रै रहेकोले बैठकमा मात्र सिमीत बने पनि जिम्मेबारी कुशलता पुर्बक निर्बाह गरेको बताईन । उनले कामकै मुल्यांकनमा पार्टीले पुन उम्मेदवार बनाएको बताईन ।

पिछडीयका महिलाको अधिकार प्रति न्याय गर्न आफु सक्षम रहेको बताउदै रेग्मीले कार्यपालीका सदस्य बनेर नगरकै महिला हिंसा बिरुद्ध अभियान ब्यापक बनाउने उदेश्य घरदैलोमा प्रस्तुत गरेकी छिन ।

सामाजीक सेबामा समर्पित बिनीता वडामै महिला माझ रुचाइएकी उम्मेदवार हुन । बिनीताले उपचार गर्न कठिन गरीब, दुखि, असाहय रोगी प्रती निस्बार्थ सेबा सदभाब राख्ने गरेको स्थानीय बासीन्दाहरु बताउछन ।

सामाजिक सेबामा परिबारको सहयोग रहेकै कारण बिगतका ५ बर्षको जिम्मेबारी कुशलता पुर्बक सम्पन्न गरेको दाबी गर्दै बिनिताले जिते पनि नजीते पनि समाजसेबामै बाकी जिबन सर्मप्रीत गर्ने बताईन ।

संगठनको बल र जनताको मत जित्ने आधार मानेकी बिनीताले नगरले बिगतमा महिला सम्बन्धि देखीने एउटै काम नगरे पछि आफुहरुले मतदाता महिलालाई उतर दिदै हिडनु परेको बताईन । उनले मतदाता संग अब गठबन्धनको मेयर उपमेयर निर्बाचित बन्ने निश्चीत बनेको बताउदै नगर स्तरिय महिला शसक्तीकरणका कार्यक्रम ब्यापक बनाईने बताईन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban