जीतपुरसिमराको मतगणना स्थल – कडा सुरक्षासंगै सि-सि टि:भी क्यामेराको निगरानी

रातोघर

 २०७९ बैशाख ३१, शनिबार  मा प्रकाशित
८६८ पाठक संख्या


बैशाख ३१ , शनिवार –  जीतपुरसिमरा उपमहानगरपालिकामा भएको स्थानिय निर्वाचनको मतदानको अहिले मतगणना जारी छ । वडा नं. २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा वडा नं. २४ को मतगणना भईरहेको छ । मतगणना स्थललाई सुरक्षित बनाउनको लागी निर्वाचन अधिकृतको कार्यालयले सुरक्षा व्यवस्था एकदमै कडा बनाएको छ ।

कडा सुरक्षाका बीच अहिले जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना सुरु जारी छ । यति बेला जीतपुरसिमराको मतगणनालाई चासोको रूपमा हेरिएको छ । गणना स्थलमा सुरक्षा व्यवस्था बाहेक सि:सी टिभी क्यामरा पनि जडान गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखका लागी साझा गठबन्धनको तर्फबाट राजन पौडेल, नेकपा एमालेको तर्फबाट सरस्वती चौधरी, लोकतान्त्रि समाजवादी पार्टी लोसपाको तर्फबाट सञ्जय साह लगायत चुनावी मैदानमा हुनुहुन्छ ।

अहिले वडा नं. १, २ र २४ को मतगणना भईरहेको छ । केहिबेरमा वडा नं.२३ को पनि मतगणना शुरु गरिने सहायक निर्वाचन अधिकृत बलाराम खड्काले रातो घरलाई जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban