देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

रातोघर

 २०७९ जेष्ठ ८, आईतबार  मा प्रकाशित
३७० पाठक संख्या


जेठ ८ सिमरा: काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइ मेघगर्जनसहित पानी परेको हो ।
मौसमविद् समिर श्रेष्ठका अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो ।
यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban