जाउलाखेलमा गाडी दुर्घटना, मेयर रेनु दाहाल घाइते

रातोघर

 २०७९ जेष्ठ १३, शुक्रबार  मा प्रकाशित
४०० पाठक संख्या


जेठ १३ सिमरा:  भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् ।
दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो ।

टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।

सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिस्चार्ज गर्न लागिएको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban