

जेठ १३ सिमरा: ५ करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको जाहेरीमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका वडा नम्वर ८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु रहेका छन ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाइएको छ ।





Write your Comment