१५औं स्थापन दिवसको अवसरमा हातेमालो साकोस को सिमरामा रक्तदान कार्यक्रम सम्पन्न

रातोघर

 २०७९ जेष्ठ १४, शनिबार  मा प्रकाशित
६६२ पाठक संख्या


जेष्ठ १४,सिमरा/ हालेमालो बचत तथा ऋण सहकारी सस्था लि.सिमराको आयोजनामा आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिमरास्थित सिमरा विजनेश सेन्टरमा एक कार्यक्रमका बिच साकोसले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सस्थाले आफ्नो १५औँ स्थापन दिवसको अवसरमा समाज प्रती आफ्नो दायित्व बोधगर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको सस्थाका अध्यक्ष यज्ञ प्रसाद आलेले जानकारी दिए ।
बिहान ७ बजेदेखि सुरू भएको कार्यक्रम बिहान ११:३० बजे सम्म चलेको थियो। उक्त कार्यक्रममा १०७ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा १ सय जना पुरूष र ७ महिलाहरु रहेका छन् ।
हातेमालो साकोसले यसवर्ष रक्तदान कार्यक्रम संगै ११ गते सरस्वती आदरभूत विद्यालयमा १० थान फ्यान हस्तान्तरण गरि सकेको र त्यसैगरि १३ गते जितपुर स्वास्थ्य चौकी लाई डेलिभरी बेड हस्तान्तरण गरि सकेको छ १७ गते रजघट्टा आदरभूत विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराउने कार्यक्रम रहेको सस्थाका प्रबन्ध महेश ढुंगेलले बताए । समापन कार्यक्रम २० गते संस्थाको आफ्नै परिसरमा हुने बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban