‘कमरेड भनेको सुन्दा गालि गरेको जस्तो लाग्छ’

रातोघर

 २०७९ जेष्ठ १४, शनिबार  मा प्रकाशित
४०३ पाठक संख्या


जेष्ठ १४,सिमरा/बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उनले ‘कमरेड’ शब्दमाथि चर्चा गरेका हुन् ।

‘अघि कमरेड भन्ने कुरा आयो । अहिले बजारमा कमरेड भन्ने शब्द यस्तो बदनाम भएको छ कि, अस्ती म चुनावमा घुम्दै जाँदा एक जना कमरेडलाई कमरेड के छ भनेको उहाँले कमरेड चाँही नभनिदिनुस् बाबु । आजकाल यो कमरेड शब्द सुन्दा गालि गर्या जस्तो लाग्छ भन्नुभयो ।’ उनले भने ।

‘ए कस्तो कमरेड जस्तै भएर हिँडेको तँ, ए कस्तो कमरेड जस्तै गफाडी भएको तँ भन्न थालिसकिएको छ । पहिला मलाई पनि कमरेड भनेको सुन्दा ओहो कमरेड भनेजस्तो लाग्थ्यो । तर, अहिले कमरेड भनेको सुन्दा त्यहि सिद्दान्त बोकेको मान्छे पनि यो नभनिदिए हुन्थ्यो भन्ने गर्छन् ।’ उनले भने ।

बैठकमा प्रदेशसभा सदस्य नारायण शिलवालले ‘कमरेडहरु’ भन्दै सम्बोधन गरेका थिए ।

सांसद् श्रेष्ठले सरकारले ल्याएको प्रि बजेटमा दलगत र क्षेत्रगत विभेद भएकोसमेत बताए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban