बागमती प्रदेशसभाः बैठक जारी रहँदै रित्तियो सदन

रातोघर

 २०७९ जेष्ठ १४, शनिबार  मा प्रकाशित
४१४ पाठक संख्या


जेष्ठ १४,सिमरा/  बागमती प्रदेशसभाको बैठक जारी रहेको अवस्थामा सांसद्हरु भटाभट बैठक छाडेर बाहिरिएपछि सदन खाली हुँदै गएको छ । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको अवस्थामा सांसद्हरु भटाभट बाहिरिएका हुन् ।

विहान साढे ११ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकबाट साढे २ बजेसम्म आइपुग्दा लगभग आधाभन्दा बढी सांसद्हरु बाहिरिसकेका छन् । सदन छोड्नेहरुमा सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद्हरु रहेका छन् । बैठक जारी रहँदै सदन छाड्ने अधिकाँश सांसद्हरु प्रमुख प्रतिपक्षी दल एमालेका रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बेन्च लगभग खाली भएको छ ।

सो बेन्चमा रहेका प्रतिपक्षी दलमध्ये विवेकशील साझा पार्टीका रमेश पौड्यालमात्रै देखिएका छन् । त्यसपछिका कुर्सीहरुमा एमालेका सांसद्हरु संख्या शुन्य अवस्थामा छ । विवेकशीलका तीन जना सांसद् प्रतिपक्षीको बेन्चमा देखिएका छन् । यसरी बैठक सञ्चालन भइरहेको अवस्थामा सांसद्हरुले सदन छोड्नु अशोभनीय देखिएको छ । यसबाट सांसदहरुको नैतिकतामाथि नै प्रश्न उठेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban