बजेट भाषणः अलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने

रातोघर

 २०७९ जेष्ठ १५, आईतबार  मा प्रकाशित
३८२ पाठक संख्या


जेष्ठ १५,सिमरा/   संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने बताएका छन् ।

उनले बारा जिल्लाको अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाइने जानकारी दिएका हुन् ।

हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ ।

साथै अर्थमन्त्री शर्माले खाना पकाउने एलपी ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban