बजेट भाषणः अब ६८ बर्षमै बृद्ध भत्ता पाइने, निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

रातोघर

 २०७९ जेष्ठ १५, आईतबार  मा प्रकाशित
४३५ पाठक संख्या


जेष्ठ १५,सिमरा/     सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् ।

​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।

त्यस्तै सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।

त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban