

जेष्ठ १४,सिमरा/ पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सरकारले ३० अर्ब बजेट विनियोजन गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा जानकारी गराएका हुन् ।
बुटवल–नारायणगढ खण्ड सकाउने र कमला कञ्चनपुर खण्ड अहिले विस्तार भइरहेको छ । सरकारले आगामी वर्षको बजेटमा कमला पथलैयासहितका खण्ड अघि बढाउन ३० अर्ब बजेट विनियोजन गरेको हो ।
यो आयोजनाका लागि सबै स्रोत वैदेशिक ऋणबाट स्रोत व्यवस्थापन गरिने भएको छ ।





Write your Comment