उदयपुरको कटारीमा ट्रक दुर्घटना : चार जनाको मृत्यु

रातोघर

 २०७९ जेष्ठ १६, सोमबार  मा प्रकाशित
४४२ पाठक संख्या


जेष्ठ १६,सिमरा / उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
कटारी नगरपालिका–१४ भदौरेमा आइतवार राति  ना८ख ८२९७ नम्बरको ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी मानबहादुर राईले लोकान्तरलाई जानकारी दिए
मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban