

जेष्ठ १७ सिमरा / तारा एयरको विमान दुर्घटनामा हराइरहेका एक जनाको फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यससँगै उक्त दुर्घटनामा परेर मृत्यु भएका २२ जनाको शव फेला परेको स्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिएको छ । मृतकमध्ये २१ जनाको शव भने सोमबार नै भेटिएको थियो ।
प्रहरी नायव उपरीक्षक दानीका अनुसार, थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ । खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै रहेको छ । दुई वटा शव कोबाङ ल्याएपछि १२ वटै शव काठमाडौं लैजाने उनले बताए । १० वटा शव भने हिजै काठमाडौं ल्याइसकेको छ ।





Write your Comment