अर्थमन्त्रीलाई पौडेलको प्रश्न : विद्युतीय सवारीमा अन्त शुल्क किन ?

रातोघर

 २०७९ जेष्ठ १७, मंगलबार  मा प्रकाशित
३४६ पाठक संख्या


जेष्ठ १७ सिमरा /
सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए ।

विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्त शुल्क समेत लगाइएको भन्दै उनले भने, ‘रक्सी चुरोट जस्ता चिजमा अन्त शुल्कको प्रबन्ध गर्ने हाम्रो प्रचलन छ । अब हामी विद्युतीय सवारी आयातमा पनि अन्तशुल्क लगाउने भयौं ।’
नले अघि भने, ‘हामी विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्नेछौं । यस्तो गलत निर्णय किन ?’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban