

जेष्ठ १७ सिमरा /
पोखरा विमानस्थलमा तेल बोकेको ट्यांकर दुर्घटना भएको छ । आज बिहान हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएर दुर्घटना भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार, विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । ट्यांकर दुर्घटनाका कारण आज बिहान पोखरामा हुने उडानहरु सबै अवरुद्ध बनेको छ ।
विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनामा मानविय क्षती भएको छैन ।





Write your Comment