बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

रातोघर

 २०७९ जेष्ठ १७, मंगलबार  मा प्रकाशित
३७६ पाठक संख्या


जेष्ठ १७ सिमरा /

बाँकेमा बसेको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा खड्का रहेकी छिन् ।
प्रहरीका अनुसार, हाल नम्बर नखुलेको स्कुल बसले ठक्कर दिँदा ती बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बससहित फरार रहेका चालकको खोजी भइरहेको जनाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban