

जेष्ठ १७ सिमरा /
रुपन्देहीको भैरहवा नापी कार्यालयमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमिन टेकबहादुर रायमाझी रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा बुटवलबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । राइमाझीले जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग घुर रकम मागेका थिए ।
उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।





Write your Comment