चार किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

रातोघर

 २०७९ जेष्ठ १८, बुधबार  मा प्रकाशित
४३३ पाठक संख्या


जेष्ठ १८ सिमरा /   सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित सप्तरीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनीको खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी रहेका छन् ।

उनलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट चार लाख ३८ हजार रुपैयाँ पर्ने उक्त परिणामको चाँदीका गरगहनासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा कम्मरमा बाँधी लुकाइछिपाइ ल्याएको उक्त परिमाणको चाँदीका गहना बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जनाइएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban