मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

रातोघर

 २०७९ जेष्ठ १८, बुधबार  मा प्रकाशित
६३९ पाठक संख्या


जेष्ठ १८ सिमरा /

रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ स्थित सडकमा लु ७८ प २४०० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्वर ७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहा रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban