

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँगै सहकार्य गरेर अघि बढ्ने संभावना बलियो रहेको बताएका छन् । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले मंसिरमा हुने निर्वाचनमा एमालेसंग तालमेल प्रष्ट पारे ।
थापाले हालै सम्पन्न निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसके पनि संसदीय निर्वाचनमा राप्रपा नेपाल र नेकपा एमालेले धेरै सिट जित्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमालेसँगको गठबन्धनमा जुट्न निर्देशनसमेत दिए । स्थानीय तहको निर्वाचनमा थापाकै गृह जिल्लामा राप्रपा नेपालले एउटा पनि उम्मेदवार खडा नगरी एमालेलाई सघाएको थियो ।
अध्यक्ष थापाले ७० वर्ष अघि नेपाली कांग्रेसले पनि राजसंस्थालाई आत्मसाथ गरेको र केहि दशक अघिसम्म कम्युनिस्ट पार्टीले पनि राजसंस्थालाई आत्मसाथ गरेको तर समय सापेक्ष परिवर्तन भएको बताउँदै आफुहरु पनि परिवर्तन भएको स्पष्ट पारे । उनले पार्टीलाई जिवन्त राख्न र अघि बढाउन समय सापेक्ष परिवर्तन आउनुपर्ने बताउँदै राजसंस्थालाई त्यागेको प्रष्ट पारे ।
अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र देशको विकास गर्न सकिने बताउँदै आफ्नो पार्टीले उक्त काम गर्ने बताए । समृद्ध नेपाल निर्माण गर्न सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र देश विकास गर्न सकिने थापाको भनाई छ ।





Write your Comment