गुनासो आएपछि मेयर सिंहले गरे वीरगञ्ज बसपार्कको निरिक्षण

रातोघर

 २०७९ जेष्ठ १९, बिहिबार  मा प्रकाशित
४९६ पाठक संख्या


जेष्ठ १९  /
वीरगञ्ज बसपार्कको अवस्था अस्तव्यस्त रहेको गुनासो आएपछि नगर प्रमुख राजेशमान सिंहले बसपार्कको निरिक्षण गरेका छन् ।
निरक्षणका क्रममा बनेको करिब ३ वर्ष नपुग्दै भौतिक संरचना जिर्ण भईसकेको र मुख्य भवन प्रयोग नभईकनै टुटफुट र छत चुहिने समस्याले र्जिण अवस्थामा पाएको सिंहले बताए ।
करिब दुई सय काउण्टर रहेको बसपार्कमा १० वटा मात्र काउण्टर बनाईएकोले भवन प्रयोगमा आउन नसकेको व्यवसायी सुमन श्रेष्ठले बताए ।
बसपार्कमा ठेकदारले पाएको जिम्मेवार पूरा नगर्ने, सरसफाइ नगर्ने, पार्क व्यवस्थित नगर्ने, अव्यवस्थित शौचालय लगायातका अनेकौँ समस्या रहेको श्रेष्ठले बताए ।
बसपार्क भित्र प्रहरीको लागि बनाईएको भवन पनि प्रहरी नबस्दै उजाडिन थालेको छ । यो सबै अवलोकन पश्चात् जिम्मेवारी पाएको सम्पूर्ण समस्या तत्काल समाधान गर्न नगर प्रमुख सिंहले ठेक्दमरलाई निर्देशन दिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban