

जेष्ठ २० गते, सिमरा /
देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रु ३५ अर्ब १३ करोड बढी अर्थात् रु ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ । यो ९२दशमलव ५१ प्रतिशतले बढी हो ।
वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।





Write your Comment