वीरगंज २१ जेठ । सरकारले देशभरका सरकारी संघ संस्था र कार्यालय सप्ताहमा दुई दिन; शनिबार र आइतबार बन्द गर्न निर्णय गरेपनि मधेश प्रदेशको सबैभन्दा ठूलो नारायणी अस्पतालमा आइतबार बन्द नहुने भएको छ ।
इन्धनको खपत घटाउन भन्दै संघीय सरकारले यहि जेठ ४ गतेबाट प्रत्येक हप्ताको शनिबार र आइतबार दुइ दिन गरी सार्वजनिक विदा दिने निर्णय गरेपनि वीरगञ्जस्थित नारायणी अस्पताल आइतबार बन्द नहुने भएको हो ।
नारायणी अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ ।
शुक्रबार बसेको अस्पताल विकास समितिको बैठकले सरकारले आइतबारका दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेपनि सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई मध्यनजर गर्दै आइतबारका दिन पनि सबै सेवाहरु नियमित रुपमा सञ्चालनमा गर्ने निर्णय गरेको अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । आइतबारका दिन प्रशासनिक भने बन्द रहने छन् ।
सार्वजनिक विदा आइतबारका दिन खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल व्यवस्थापन पक्षले एक दिन बरबारको अतिरिक्त पारिश्रमकि उपलब्ध गराउने निर्णय पनि गरेको सिंहले बताए ।
डाक्टर सिंहका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारत विहारका कयौं स्थानबाट गरी दैनिक औसतमा १ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।
Write your Comment