माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

रातोघर

 २०७९ जेष्ठ २१, शनिबार  मा प्रकाशित
३७९ पाठक संख्या


गुल्मी जेठ २१ /   गुल्मीमा शनिबार माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, कुमाल दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि शव पानीबाट निकाली प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्टमार्टका लागि गुल्मी अस्पताल लगिनुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban