

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार २४८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सो अवधिमा ८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छे । हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।





Write your Comment