

प्रधानमन्त्री निवासको नयाँ भवनहरु नेपाली मौलिक शैली झल्किने गरी बनेका छन् । तीन तलाको सार्वजनिक भवन प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी पाहुना भट्न प्रयोग गर्नेछन् । मन्त्रिपरिषद् बैठकका लागि समेत कक्ष तयार भएको छ भने सञ्चारमाध्यमको लागि पनि यसमा कक्षको व्यवस्था भएको छ । यो भवन प्रधानमन्त्रीको सचिवालयले पनि प्रयोग गर्नसक्ने गरी निर्माण भएको छ ।
अब यिनकै कक्षहरुको साजसज्जाको काम गर्न ठेक्का लगाइएको हो । यसअघि नै आवासीय भवनतर्फको निवास (प्रइभेट ब्लक) तर्फको भवन यसअघि नै तयार भएर प्रयोगमा आइसकेको छ । प्राइभेट र पब्लिक ब्लक करिब साढे ३३ करोड रुपैयाँ लागतमा तयार भएका हुन् । ३ तलाको प्राइभेट ब्लकमा २२ वटा कक्ष छन् । यो भवन बङ्करसहित बनेको छ । भवनको तल्लो तलामा लबी, भान्छा, भोजनकक्ष सहितका कोठा छन् । दोस्रो तलामा प्रधाामन्त्रीको बेड रुम र मिटिङ रुमहरु छन् । जहाँ सुरक्षाकर्मी बस्ने कक्ष पनि छ । तेस्रो तलामा तलामा पाहुनाका लागि लबी र बेड रुम, पूजाकोठा र हल समेत छ । भूकम्पप्रतिरोधी भवनमा मौलिक बुट्टा र झ्यालहरु प्रयोग भएका छन् ।





Write your Comment