बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

रातोघर

 २०७९ जेष्ठ २४, मंगलबार  मा प्रकाशित
३६९ पाठक संख्या


काठमाडौँ ।  काठमाडौँको फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ । स्थानीयले विरोध गरेपछि प्रहरीको सुरक्षामा फोहोर फाल्न सुरु गरिएको हो । फोहोर फाल्नुअघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ ।

यसअघि फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban