भरतपुर अस्पतालको बेथिति, लाइनमा नै बेहोस भएर ढल्छन् बिरामी

रातोघर

 २०७९ जेष्ठ २४, मंगलबार  मा प्रकाशित
३४६ पाठक संख्या


चितवन, जेठ २४-

भरतपुर अस्पतालमा हरेक दिन भीड बढ्दै जादा बिरामीले सास्ती पाएका छन् ।

बिमाको बिरामीहरुले पहिलो उपचार सेवा सरकारी अस्पतालमा मात्र हुने भएकोले पनि हरेक दिन भीड बढ्दै गएको हो । जेठको महिना शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकोले पनि सोमबार बिरामीको अत्यधिक चाप बढ्न गएको छ । भीड बढ्दै जादा बालबालिका, अशक्त र वृद्धवृद्धा बिरामी सबैभन्दा बढी मारमा परेका छन् । कतिपय त लाइनमा ढल्न बाध्य हुन्छन् ।

हिजो सोमबार आफ्नो श्रीमतीसहित अस्पतालमा उपचारको लागि गएका मिनबहादुर बानियाले अस्पतालमा देखेका दृश्य र नागरिकले पाएको सास्तीलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले नेपालमा विभिन्न समयमा भएको जनआन्दोलनमा सडकमा प्रदर्शनकारीहरु प्रहरीको गोलीलागेर ढलेजस्तै अस्पतालमा बिरामीहरु ढलेको प्रत्यक्ष देखेको बताएका छन् । उनले भनेका छन्, ‘ जेठ २३ गते सोमबार को दिन म र मेरो श्रीमती उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा जादा लाग्थ्यो २०४६\०६२\०६३ सालको जन आन्दोलनको क्रममा भीड्भाड मा दौडधुप गर्दा देखिन्थ्यो । आन्दोलनकारीहरु बेहोस भै भूईमा अचेत भएको दृश्य जस्तै आज चितवनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा सेवाग्राहीहरुको भीड,अस्पताल प्रशासनको गैह्र जिम्मेवारीपन, सुरक्षाकर्मीको सुन्यता, काउन्टरमा टिकट लिन तछाड मछाड अनियन्त्रित भीडको अवस्था, बाध्य र विवश भै वृद्धअवस्थाका बुबामुमा घन्टौ लाइनमा खलखली पसिना बगाउनु पर्ने, ज्येष्ठ नागरिकको सम्मान गर्छौ भन्ने राज्यले व्यबहारमा लागू गर्न नसक्ने यो को कसको लापरबाही हो ? ’ उनले जेठको गर्मीमा बिरामीहरु भूईमा पछारिन बाध्य भएको बताएका छन् । बिमाको सेवामा डाक्टरले तोके अनुसारको औषधि नपाइने, पूरा शरीर परीक्षण गर्न नपाइने हो भने बिमा गर्नुको कुनै अर्थ नहुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अभाव, दुर्गन्ध, फोहोर, सेवाग्राहीहरुलाई अनाहकमा दुःख,कष्ट हैरानी दिने काम अबिलम्ब बन्द होस् ।’ उनले सम्बन्धित निकायले दिलचस्पी दिई बेलैमा सबैलाई सहज र सरल बाताबरण हुने काम होस् भनेर माग गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban