

काठमाडौं , २५ जेठ । नेपालमा थप १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १०९ जना पुगेको छ । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार १६२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन





Write your Comment