जितपुरसिमरामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

रातोघर

 २०७९ जेष्ठ २६, बिहिबार  मा प्रकाशित
२२७० पाठक संख्या


जेष्ठ २६, बारा :  आफ्नै छोरी बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ  गरेको हो ।

१४ बर्षको उमेर हुँदैबाट आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।
उनी नेकपा एमालेबाट निर्वाचित भएका ब्यक्ति हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban