सिमरा बिजनेस सेन्टरले २०दिनदेखि बेवारिसे परेको मोटरसाइकल प्रहरीलाई बुझायो

रातोघर

 २०७९ जेष्ठ २८, शनिबार  मा प्रकाशित
६८१ पाठक संख्या


जेष्ठ २८, बारा : बाराको सिमरामा रहेको सिमरा बिजनेस सेन्टरमा २० दिनदेखि बेवारिसे अवस्थामा अलपत्र रहेको मोटरसाईकल प्रहरीलाई बुझाएको छ ।

बिजनेस सेन्टरका संचालक राजन उप्रेतीले शनिबार बिहान ८बजे प्रहरीलाई बोलाएर मोटरसाइकल बुझाएको हो । ना.२० प. ४६२१ नम्बर लेखिएको बजाज कम्पनीको १५० सिसिको मोटरसाइकल आजभन्दा २० दिन अगाडी कसैले बिजनेस सेन्टरमा रहेको एन.सि.सि. बैकको एटीएम अगाडीको पार्किङ्गमा छोडेर हिनेको थियो ।

मध्यरात सम्मपनि कोहि मोटरसाइकल लिन नआएपछि सुरक्षागार्डमा खटिएका दिनेश चौधरीले सेन्टर भित्र सुरक्षित गरेर राखिदिएका थिए । २०दिनसम्म कोहि खोज्न आउछ्की भनेर बाटो कुर्यो तर कोहि आउनु भएन त्यसैले प्रहरीलाई बुझाई दियौं सेन्टरका प्रबन्धक शिव श्रेष्ठले भने,कसैले बिर्सिएर गएको भए अथवा कसैको हराएको भए ईलाका प्रहरी कार्यालय सिमरामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban