चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो

रातोघर

 २०७९ जेष्ठ २९, आईतबार  मा प्रकाशित
६०९ पाठक संख्या


जेठ २९ ,काठमाडौं : खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको हो ।

संघकी तथ्यांक अधिकृत ज्योती थापाले दिएको जानकारी अनुसार, सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

यता नेपाल चिनी उद्योग संघले भने बजारमा उद्योगबाट चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दावी गरेको छ । संघका उपाध्यक्ष राजकुमार अग्रवालले चिनी सित्तैमा बाँड्ने वस्तु नभएको बताए ।

भन्सार विभागका अनुसार बैशाख अन्तिमसम्म नेपालमा ४ अर्ब ८३ करोड रुपैयाँको ९ करोड ४८ लाख किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष यस्तो आयातको परिमाण १८ करोड ५२ लाख थियो भने कुल लागत ८ अर्ब ९१ करोड हाराहारी थियो । चिनीको महँगीमा सरकारले हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुले बताएका छन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban