

जेठ ३०,मकवानपुर :
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ चुनियाबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार ९६ किलो ८४० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्वर २ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका वडा नम्वर ९ घैराङ बस्ने ३७ वर्षीय ज्ञानबहादुर गोले र सोही गाउँपालिका–१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।
उक्त ठाउँमा ना २ ह ३५६६ नम्वरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाई ल्याएको सो परिमाणको गााजा बरामद भएपटि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।





Write your Comment