

३१ जेठ,काठमाडौं:
सरकारले कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ ।
कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिएकामा उसले पुस्तक छापिसकेको छ ।जनक शिक्षाले ४ देखि १० कक्षासम्मको पुस्तक छपाइ अहिलेसम्म सकेको छैन । जनक शिक्षाले यस वर्ष १ करोड ९६ लाख थान पुस्तक छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ७० लाख थान मात्र पुस्तक छपाइ गरेकाले विद्यार्थीले अभाव भोग्नुपरेको छ ।
सोही कारण सरकारले ११ र १२ को पुस्तक छपाइको जिम्मा भने साझा प्रकाशनलाई दिएको हो । जनक शिक्षाको छापाखानाले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ गर्नुपरेको र रुस युक्रेन युद्धका कारण कागज अभाव भएको कारण पुस्तक छपाइम ढिला भएको मन्त्री पौडेलले बताएका छन् ।




