

असार १,वीरगञ्ज:
गणपति वनस्पति प्रा. लि.ले डा.भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । बाल बच्चाहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित सो अस्पताललाई कम्पनीले एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ ३० गते चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतीशकुमार मोर, उपाध्यक्ष श्रवणकुमार मोर तथा राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरू अनन्ता मोर र राजिव मोरको उपस्थिति रहेको थियो ।





Write your Comment