राकेश हत्याको ३३ दिन: दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

रातोघर

 २०७९ अषाढ १, बुधबार  मा प्रकाशित
७९५ पाठक संख्या


 असार १,बारा:
जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ठक्कै ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्रन नसकेको भन्दै पीडित परिवारले दबाब दिने उदेश्यले सडक अवरुद्ध गरेका छन् ।
हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले प्रहरी माथी मुर्दावादको नारा लगाउदै वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनअनुसार सजायको माग गर्दै स्थानीयवासी स्वतस्र्फुत सडकमा उत्रिएको मृतक राकेशभक्त पौडेलका माइला दाई राजेशभक्त पौडेलले बताए ।

ईलाका प्रहरी कार्यालय सिमराले भने घटनामा नाबालिका समेत आरोपित भएकोले सार्वजनिक गर्न नमिल्ने बताएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाؘ–६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिर अगाडि सडक छेउमा मृतकको पर्स भेटिएको हो ।

वडा नम्बर ६ निवासी पौडेल बैशाख ३० गते बिहान ३ बजे छिमेकीको घरमा मृत अवस्था फेला परेका थिए । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो चोट लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठा दाइ केदारभक्त पौडेलले बताए ।

प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सात जनालाई पक्राउ गरेको थियो ।

नाबालिका सहित एक दर्जनभन्दा बढीलाई पकाउ गरि अनुसन्धान गरि रहेको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजित भएकाले निश्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा पनि चक्का जाम गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban