पोर्चुगलमा एक नेपालीको मृत्यु

रातोघर

 २०७९ अषाढ ४, शनिबार  मा प्रकाशित
३२९ पाठक संख्या


पोर्चुगल:
वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपालीकाृ मृत्यु भएको छ । विगत ४ वर्षदेखि पोर्चुगल बस्दै आएका चितवनको भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको मृत्यु भएको हो ।

 

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अनुसार, सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको जनाइएको छ ।

 

सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban