बढ्यो सिमरा-काठमाडौँको हवाई भाडा, कति पुग्यो ?

रातोघर

 २०७९ अषाढ ७, मंगलबार  मा प्रकाशित
५१५ पाठक संख्या


पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो ।
सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ ।

नयाँ मूल्य अनुसार अब सिमरा-काठमाडौँ रुटमा १ सय ७० रुपैयाँले भाडा बढ्नेछ । सो रुटका लागि अब हवाई सेवा प्रदायकले एक व्यक्तिबाट अधिकतम ४ हजार १ सय ९५ रुपैयाँसम्म लिन पाउने छन् ।त्यस्तै सिमरा-पोखरा रुटको भाडा पनि ४ सय २५ रुपैयाँले बढेको छ । निगमले नयाँ बुधबारदेखि लागू गर्ने जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban