बोराभित्र भेटियो पुरुषको शव

रातोघर

 २०७९ अषाढ १३, सोमबार  मा प्रकाशित
५६२ पाठक संख्या


असार १३ , झापा :

झापाको अर्जुनधारा नगरपालिका वडा नम्वर ४ मा एक पुरूषको शव फेला परेको छ । वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, उनको शव आइतबार बेलुकी फेला परेको हो । ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

बोरा खोलेर हेर्दा अन्दा ४५ वर्ष उमेर समूहका एक पुरूषको शव फेला परेको हो । ती पुरुषको टाउकोमा गम्भीर चोट लागेको र उनको हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धन गरिएको भएपनि पुष्टि नभएको जनाइएको छ । उनको पहिचान खुलेको छैन। उनको शव पोष्टमार्टमको लागि धरान लगिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

तु खबरबाट साभर

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban